Skip to content
Prabhu

महालक्ष्मी विकास बैंकको नाफा ४७ करोड बढी, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले ४७ करोड बढीको नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार ४७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आर्थिक वर्षमा बैंकले अघिल्लो आवको भन्दा २४.५२ प्रतिशत बढी नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ३७ करोड ७५ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी सामान्य घटे पनि खुद फि तथा कमिसन आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.२८ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ । यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३७ करोड १ लाख रुपैयाँमा सीमित भएको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २२ पैसा बढेर ११ रुपैयाँ २७ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

४ अर्ब १७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेको छ भने कर्जा ८.८६ प्रतिशत बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal