Skip to content
Prabhu

सेयर बजारमा लगानीकर्ताको मोटो रकम फस्ने अवस्था छः पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सेयर बजारमा आएको अस्वाभाविक वृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले बजार केही व्यक्तिको चलखेलको मारमा परेको बताए । ‘सेयर बजारमा केही संस्थाको मूल्य आस्वभाविक रूपमा बढेको छ । यसप्रति सरकार र नियामक निकायको ध्यानाकर्षण गराउन चहान्छु। केही व्यक्तिको चलखेलको मारमा सेयर बजार र कारोबार परेको छ । यसले आमलगानीकर्ताको ठूलो रकम सेयर बजारमा फस्ने सम्भावना बढी भएको छ,’ उनले भने ।

उनले सेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने बताए । यसमा चलखेलकर्ताको हात रहेको भन्दै उनले बजार ‘म्यानुपेलसन’ हुने सम्भावना बढी भएको टिप्पणी गरे । पूर्वअर्थमन्त्री महतले केही व्यक्तिको ‘इन्साइडर ट्रेडिङ’का कारण आमलगानीकर्ता फस्ने सम्भावना बढ्दै गएको बताए ।

‘केही व्यक्तिहरूले चलखेल गर्ने इन्साइडर ट्रेडिङ भन्छन्, त्यो किसिमको सूचनामा प्रवेश प्राप्त गरेर दुरुपयोग गर्ने र आमलगानीकर्ताले यसमा लगानी गर्दा फाइदा हुन्छ भनेर ठूलो लगानी गर्ने अनि आमलगानीकर्ता फस्ने अवस्था निर्माण हुन सक्दछ’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal