Skip to content
Prabhu

७ लाख ४१ हजार नेपाली कामको लागि बिदेसिए, विदेश जानेमा धनुषा सबैभन्दा अगाडि, दोस्रोमा झापा

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट ७ लाख ४१ हजार २९७ जना कामको लागि विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार ७ लाख ७ लाख ४१ हजार २९७ जनाले नेपालमा काम नगाएर विदेशको यात्रा गर्नुपर्ने भएको हो ।

विभागका अनुसार यसरी विदेश रोजगारीमा जानेमा ६ लाख ६१ हजार जना पुरुष छन् भने ८० हजार १ सय ७२ जना महिला कामदार रहेका छन् ।

विभागका अनुसार गत आर्थिक वर्षमा कामको लागि विदेश जानेमा मधेशका जिल्लाका बढी छन् ।

नेपालमा जनसंख्या पनि मधेशमा नै बढी रहेको छ । गत आर्थिक वर्षमा धनुषाबाट मात्रै सबैभन्दा बढी २० हजार १ सय ९३ कामको लागि विदेश गएका छन् ।

यस्तै सबैभन्दा बढी विदेश जाने दोस्रो जिल्लामा झापा रहेको छ ।

झापाबाट गत आर्थिक वर्षमा १९ हजार ९ सय ६० जना विदेशिएका छन् ।

मोरङबाट १८ हजार २ सय २, सर्लाहीबाट १३ हजार ३ सय ९८, सिराहाबाट १६ हजार ८ सय २९, सुनसरीबाट १३ हजार ७ सय ५ र रुपन्देहीबाट १३ हजार ३ सय ५३ जना विदेशीएका छन् । यस्तै सप्तरीबाट १२ हजार महोत्तरीबाट १४ हजार, दाङ र चितवनबाट समान १० हजार जना नेपाली विदेशीएका छन् । अन्य जिल्लाहरुबाट भने १० हजार तलकै संख्यामा वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal