Skip to content
Prabhu

खुल्नेबित्तिकै आज पनि नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा मंगलबारको कारोबार खुल्नेबित्तिकै नेपाल फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सोमबार पनि खुल्नेबित्तिकै १० प्रतिशतले घटेर दिनभर कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य आज पनि १० प्रतिशतले नै घटेको हो ।

नेपाल फाइनान्सको सेयर मूल्य गत साताको बिहीबार २ हजार १५४ रुपैयाँसम्म पुगेर रेकर्ड कायम गरेको थियो । त्यस पछि लगातार दुई दिन कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।

अघिल्लो दिन २१५ रुपैयाँले घटेको यो कम्पनीको सेयर मूल्य आज पनि १९३ रुपैयाँ ८० पैसाले घटेर १ हजार ७४४ रुपैयाँ ८० पैसामा पुगेको छ । मार्केट डेप्थमा यो फाइनान्सको सेयर बिक्रीको मात्र चाप देखिन्छ भने खरिदकर्ता देखिएका छैनन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal