Skip to content
Prabhu

फर्स्ट माइक्रोफाइनान्सको नाफा १२ प्रतिशतले घट्यो, लाभांश दिन सक्ने क्षमता ११ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अवधिमा फर्स्ट माइक्रोफाइनान्सको नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा १२.०४ प्रतिशतले नाफा घटेको हो ।

गत वर्ष कम्पनीले १७ करोड ४२ लाख ९० हजार रुपैयाँमा नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ८१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो ।

खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख ७५ हजार रुपैयाँमा आएको छ । सञ्चालन नाफा १२.३८ प्रतिशतले घटेर २५ करोड १० लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ छ ।

यता, यसको वितरणयोग्य नाफा १३ करोड ६९ लाख २७ हजार रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्नेछ । यसको प्रतिसेयर आम्दानी १४.१३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १३४.७६ रुपैयाँ छ । एनपीएल २.०७ प्रतिशत कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal