Skip to content

हिमालयन बैंकको स्वयम्भू शाखा बालाजु चोकमा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले काठमाडौं महानगर–१६ स्थित बालाजु चोकमा शाखा स्थानान्तरण गरी कारोबार सुरु गरेको छ।

सो शाखा उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले गरे। बैंकले सिभिललाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जाल स्थानन्तरण गर्ने क्रममा स्वयम्भू शाखा–२ लाई बालाजु चोकमा स्थानन्तरण गरेको हो।

सोमबारदेखि सञ्चालनमा ल्याइएको बालाजु शाखाबाट अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले बताएको छ। हाल बैंकले १ सय ७४ शाखा, २० विस्तारित काउन्टर, २ सय ६४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima