Skip to content
Prabhu

अमेरिकी डलर हालसम्मकै उच्च, अन्य विदेशी मुद्राको भाउ कति छ बुधबार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा पुगेको थियो । जबकी मंगलबार अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा कायम थियो । साथै यूरोपियन यूरो एकको खरिदर १४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ २४ पैसा छ भने बिक्रीदर १७१ रुपैयाँ ०० पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ४२ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९७ रुपैयाँ २९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०० रुपैयाँ ९५ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८३ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३ रुपैयाँ ७९ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०९ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२ रुपैयाँ ७१ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३१ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal