Skip to content

कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको छः अध्यक्ष सिलवाल

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको बताएका छन् । प्राधिकरणको आयोजनामा विराटनगरस्थित कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।

बीमा दाबी भुक्तानीलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा पहल भइरहेको र त्यसमा सरकार सकारात्मक रहेको जानकारी दिए । बीमा सचेतना अभिवृद्धि र दायरा विस्तारका लागि प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको उनको भनाइ थियो ।

अध्यक्ष सिलवालले विद्यालय पाठ्यक्रममा बीमा विषय समावेश गर्नका लागि पहल गर्न आग्रह गर्दै कृषि तथा पशुपन्छी बीमामा देखिएका समस्या समाधानका लागि नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विभिन्न किसिमका जोखिमको आँकलन सहित बीमा सम्बन्धी विषयहरू समेटेर छिट्टै प्रदेश बीमा नीति कार्यान्वयनमा ल्याउने बताए। उनले आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तर्गत बीमा इकाई स्थापना गर्ने पनि जानकारी दिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीले बीमासम्बन्धी समग्र विषयका साथै बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारको भूमिका सम्बन्धी प्रस्तुति गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime