Skip to content
Prabhu

लक्ष्मी लघुवित्तको नाफा ५ करोड बढी

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नाफा ५ करोडभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको हो ।

संस्थाको अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो नाफा ६ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो । खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको छ । लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा झरेको छ । जसका कारण इम्पेरमेन्ट चार्ज १३ करोड १८ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात १०१.१० गुणा रहेको छ ।

४४ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal