Skip to content
Prabhu

गुडविल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिउँसो पौने २ बजे सम्मको कारोबार अवधिमा यो फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्य आज १० प्रतिशत अर्थात् ७२ रुपैयाँ ६० पैसाले बढेर ७९८ रुपैयाँ ६० पैसा पुगेको छ । बुधबारको कारोबार जारी रहँदा समग्र बजार परिसूचक पनि ६२ दशमलव १५ अंककले बढेको छ । जुन अघिल्लो दिनको भन्दा २.१५ प्रतिशतले बढी हो । यो समाचार तयारपार्दा सम्म समग्र परिसूचक २७१२ दशमलव ४८ विन्दुमा पुगेको छ ।

यो अवस्थासम्म सेयर बजारमा ११ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा अहिलेसम्मकै उच्च २३ अर्ब बढीको कारोबार भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal