काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा ६ अंक बढीको सुधार देखियो । अधिकांश कम्पनीको सेयर मूल्य घटेपनि समग्रमा नेप्से भने बढेर बन्द भएको हो ।
आज जम्मा ७९ कम्पनीको सेयर मूल्य बढ्यो । त्यस मध्ये पनि ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर यो सातालाई विदाइ गरेका छन् । आज सकारात्मक सर्किट लाग्ने कम्पनीमा कर्णाली डेभलपमेन्ट बैंक, सिभम् सिमेन्ट, घोराइ सिमेन्ट इन्डस्टी, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सबोत्तम सिमेन्ट लिमिटेड र कुथेली बुखारी साना जलविद्युत लिमिटेड छन् ।
आजको कारोबार बन्द कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् ६१ रुपैयाँ ५० पैसाले बढेर ६७६ रुपैयाँ ५० पैसा पुगेको छ । सिभम सिमेन्टको सेयर मूल्य पनि आज १० प्रतिशत अर्थात् ६३ रुपैयाँ ८० पैसाले बढेर ७०१ रुपैयाँ ८० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै आज घोराइ सिमेन्टको सेयर मूल्य पनि ५५ रुपैयाँ ७० पैसाले बढेर ६१२ रुपैयाँ ९० पैसा पुगेका छ ।
आजको कारोबार बन्द हुँदा मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ७९ रुपैयाँ ३० पैसाले बढेर ८७२ रुपैयाँ ४० पैसा पुगेको छ । सोनापुर मिनिरल्स एण्ड आयलको सेयर मूल्य ५२ रुपैयाँ ४० पैसाले बढेर ५७६ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै सर्बोत्तम सिमेन्टको सेयर मूल्य पनि ९० रुपैयाँले बढेर ९९० रुपैयाँ पुगेको छ । यी ६ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । आज सकारात्मक सर्किट लागेको अर्को कम्पनी कुथेली बुखारीको सेयर मूल्य ९.९६ प्रतिशत अर्थात् २४७ रुपैयाँले बढेर २ हजार ७२६ रुपैयाँ पुगेको छ ।












प्रतिक्रिया दिनुहोस्