Skip to content

सेयर बजारमा मूल्य घट्ने शीर्ष ५ कम्पनी

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज सेयर बजारमा कारोबार भएका १५९ कम्पनीको सेयर मूल्य घटेको दिन बजार ६ अंकले बढेको हो ।

आज सेयर बजारमा सबैभन्दा धेरै एनआरए इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ ४० पैसाले घटेर ९९९ रुपैयाँ ६० पैसामा कारोबार भएको छ । जुन अघिल्लो दिनको भन्दा ८.०४ प्रतिशतले कम हो ।

आजको कारोबार बन्द हुँदा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा सानिमा बैंक लिमिटेडको डिबेन्चर, एलबीबीएल डिबेन्चर, आरम्ब चौतारी लघुवित्त वित्तीय संस्था र रुरु जलविद्यु परियोजना रहेको छ । आजको कारोबार बन्द हुँदा सानिमा बैंको डिबेन्चरको मूल्य ७.६९ प्रतिशतले घटेको छ । यो कम्पनीको सेयर मूल्य ८७ रुपैयाँले घटेर १ हजार ४४ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यस्तै आज एलबीबीएल डिबेन्चरको सेयर मूल्य पनि ७२ रुपैयाँ ६० पैसाले घटेर १ हजार १६३ रुपैयाँ ३० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ५.७९ प्रतिशतले कम हो । आरम्भ चौतारीको सेयर मूल्य पनि आज ६३ रुपैयाँ ८० पैसाले घटेर १ हजार २३० रुपैयाँ २० पैसा पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशतले कम हो । आज रुरु जलविद्युत परियोजनाको सेयर मूल्य पनि ४.८४ प्रतिशत अर्थात् ४४ रुपैयाँले घटेर ८६५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi