काठमाडौं । गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको नाफा पाँच गुणाले बढेको छ । फाइनान्स कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार फाइनान्सको नाफा ५.५५ गुनाले बढेको हो ।
१५ वटा फाइनान्समध्ये १४ वटाको वित्तीय विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार १४ फाइनान्स कम्पनीले ४४ करोड ६४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४५४.९० प्रतिशतले बढी हो । अघिल्ला आर्थिक वर्ष २०७९/८० मा भने ती कम्पनीहरुको नाफा ८ करोड ४ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
गत आव २०८०/८१ मा सबैभन्दा बढी नाफा कमाउनेमा मन्जुश्री फाइनान्स रहेको छ । यो फाइनान्सले गत आवमा २६ करोड ५८ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै धेरै नाफा कमाउने फाइनान्समा गुडविल फाइनान्स दोस्रो नम्बरमा रहेको छ । यसको नाफा गत आवमा १४ करोड ८४ लाख २९ हजार रुपैयाँ रहेको छ । तेस्रो स्थानमा रहेको आइसीएफसी फाइनान्सले गत आवमा ११ करोड ८६ लाख ४८ हजार रुपैयाँ नाफा कमाएका छ ।
त्यस्तै गत आवमा गोर्खाज फाइनान्सले १० करोड ८९ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै पोखरा फाइनान्सको १० करोड ६४ लाख ५९ हजार रुपैयाँ, श्री इन्भेष्टमेन्ट फाइनान्सको ६ करोड ६८ लाख ४२ हजार रुपैयाँ, रिलयान्स फाइनान्सको २ करोड ८९ लाख २१ हजार रुपैयाँ, मल्टीप्रपोज फाइनान्सको २ करोड ३ लाख ४३ हजार रुपैयाँ, नेपाल फाइनान्सको १ करोड ८१ लाख १८ हजार रुपैयाँ, गुहेश्वरी मर्चेन्टको १ करोड ५४ लाख ८९ हजार रुपैयाँ, वेस्ट फाइनान्सको ४ लाख ७७ हजार रुपैयाँ रहेको छ ।
गत आवमा प्रोगेसिभ फाइनान्सको ३ करोड ८० लाख ७६ हजार रुपैयाँ, सेन्ट्रल फाइनान्सको ६ करोड ३८ लाख ८० हजार रुपैयाँ नाफा रहेको छ । सार्वजनिक गरिएको विवरणअनुसार जानकी फाइनान्सको नाफा भने ऋणात्मम रहेको छ । गत आवमा यो फाइनान्सले १३ करोड ७१ लाख ६३ हजार रुपैयाँले घाटा बेहोरेको छ ।
प्रतिसेयर आम्दानीमा कसको कति ?
नाफामा अग्रस्थानमा रहेको मञ्जु श्री फाइनान्स प्रतिसेयर आम्दानीमा समेत शीर्ष स्थानमा रहेको छ । फाइनान्सको गत आर्थिक वर्ष अन्त्यसम्ममा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६७ पैसा रहेको छ । अघिल्लो आवमा भने कम्पनीको उक्त आम्दानी १८ रुपैयाँ २९ पैसा रहेको थियो । नाफामा दोस्रो नम्बरमा रहेको गुडबिल फाइनान्सको प्रतिसेयर आम्दानी पनि उच्च नै रहेको छ । अघिल्लो वर्ष नकारात्म रहेको प्रतिसेयर आम्दानी गत आवमा भने धनात्मक बनेको छ । यो फाइनान्सको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ५९ पैसा रहेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १२ रुपैयाँ १९ पैसाले ऋणात्मक रहेको थियो ।
त्यस्तै, अघिल्लो आवमा ऋणात्मक रहेको गोर्खाज फाइनान्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५५ पैसा रहेको छ । गत आवमा श्री इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८१ पैसा रहेको छ । जुन अघिल्लो आवको भन्दा कम हो । यो कम्पनीको अघिल्लो आवमा यस्तो आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको थियो । विवरण अनुसार गत आवमा मल्टीप्रपोज फाइनान्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६ पैसा रहेको छ । यो कम्पनीको अघिल्लो वर्ष यस्तो आम्दानी १ रुपैयाँ ९१ पैसा रहेको थियो ।
यो अवधिमा रिलायन्स फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ५८ पैसा रहेको छ । जबकी अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ २८ पैसाले ऋणात्मक रहेको थियो । त्यस्तै गत आवमा नेपाल फाइनान्सको प्रतिसेयर आम्दानी घटेको छ । गत आवमा यो फाइनान्सको यस्तो आम्दानी २ रुपैयाँ ५८ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ७७ पैसा रहेको थियो ।
त्यस्तै आइसीएफसी फाइनान्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ०३ पैसा रहेको छ । जुन अघिल्लो आवको भन्दा कम हो । अघिल्लो आवमा यो फाइनान्सको यस्तो आम्दानी १३ रुपैयाँ ०६ पैसा रहेको थियो । त्यस्तै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको प्रतिसेयर आम्दानी पनि घटेको छ । विवरण अनुसार यो फाइनान्सको गत आवमा प्रतिसेयर आम्दानी १ रुपयाँ ५३ पैसा रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ रुपैयाँ ४ पैसा रहेको थियो ।
गत आर्थिक वर्षमा वेष्ट फाइनान्सको प्रतिसेयर आम्दानी ०.०६ रुपैयाँ मात्रै रहेको छ । जुन अघिल्लो आर्थिक वर्षमा १ रुपैयाँ ०३ पैसा रहेको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षमा पनि ऋणात्मक रहेको प्रोगेसिफ फाइनान्सको सेयर मूल्य गत वर्ष पनि ऋणात्मक नै रहेको छ । गत आवमा यो फाइनान्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९८ पैसाले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष पनि यो कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ९५ पैसा रहेको थियो ।
अघिल्लो वर्ष धनात्मक रहेको पोखरा फाइनान्स र जानकी फाइनान्सको प्रतिसेयर आम्दानी गत वर्ष ऋणात्मक भएको छ । अघिल्लो वर्ष २ रुपैयाँ २ पैसा रहेको पाखरा फाइनान्सको प्रतिसेयर आम्दानी गत वर्ष ९ रुपैयाँ ८३ पैसाले ऋणात्मक रहेको छ । भने जानकी फाइनान्सको प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ ८७ पैसाले ऋणात्मक रहेको छ । यसको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ०.८ रुपैयाँ रहेको थियो ।
लाभांश वितरण गर्ने क्षमता कसको कति ?
लाभांश क्षमतामा भने फाइनान्स कम्पनीहरु कमजोर देखिएका छन् । वित्तीय विवरण सार्वजनिक भएका कम्पनी मध्ये ५ वटाले मात्रै लाभांश दिन सक्ने अवस्था देखिएको छ । ९ वटा फाइनान्सले लाभांश वितरण गर्न नसक्ने अवस्था देखिन्छ ।
गत आवको विवरण अनुसार १४ वटा फाइनान्स कम्पनीमध्ये मञ्जुश्री फाइनान्सले ७.९६ प्रतिशत लाभांश दिन सक्ने छ । जुन सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षमता हो । त्यस्तै गत आवको विवरण अनुसार आइसीएफसि फाइनान्सको ३.९९ प्रतिशत, गुहेश्वरी मर्चेन्टको २.८५ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको २.४५ प्रतिशत र श्री इन्भेष्टमेन्ट समूहको २.४२ प्रतिशत लाभांश क्षमता रहेको छ ।
यी बाहेक गुडविल फाइना, गोर्खाज फाइनान्स, रिलायन्स फाइनान्स, नेपाल फाइनान्स, बेष्ट फाइनान्स, प्रोगेसिभ फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र सेन्टल फाइनान्सले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण गर्ने सक्ने छैनन् ।












प्रतिक्रिया दिनुहोस्