Skip to content
Prabhu

शुक्रबार पनि बढ्यो डलरको भाउ, अन्य विदेशी मुद्राको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज पनि अमेरिकी डलर उकालो लाग्ने क्रममा जारी छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा कायम भएको छ । साथै यूरोपियन यूरो एकको खरिदर १४६ रुपैयाँ ४ड पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७० रुपैयाँ १७ पैसा छ भने बिक्रीदर १७० रुपैयाँ ९३ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १५ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९५ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर १०१ रुपैयाँ २२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६७ पैसा कायम छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ रुपैयाँ ८१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ ०९ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २० पैसा र बिक्रीदर १७ रुपैयाँ २८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४० रुपैयाँ १५ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ २२ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal