Skip to content

बन्दीपुरको ‘शिव महिम्नाहा उत्सवको’ समापन कीर्तन शिरोमणि दामोदर बाबाद्वारा हुने

nabil bank

पर्यटकीय एवं धार्मिक नगरी बन्दीपुरमा साउन १ गतेदेखि सुरु भएको ‘शिव महिम्नाहा उत्सव’ एक कार्यक्रमको बिच भव्य रुपमा समापन हुने भएको छ । समापन सत्रको अवसरमा एक दिने सङ्गीतमय शिव पुराण कथा वाचन गर्नको लागी प्रमुख अतिथिको आसनमा ब्यास गुफा मूल संरक्षक कीर्तन शिरोमणि शक्ति स्वरूपानंद दामोदर बाबा रहनु हुने गरी विशेष कार्यक्रम समेत राखिएको हो ।

साउन १ गतेदेखि निरन्तर शिव आराधना तथा सन्ध्याकालीन आरती र हरेक सोमबार हुँदै आएको मर्स्याङ्दी नदी, सिद्धेश्वर महादेव, केबलकार यात्रा, खड्ग देवी मन्दिर विन्दवासिनी मन्दिर हुँदै तिन धारे शिव ज्योतिर्लिङ्ग सम्मको बोलबम यात्राको समापन यही २०८१ साल साउन महिनाको २८ गते चौथो सोमबार बिहान ११ बजे देखी सुरु हुने भव्य धार्मिक सांस्कृतिक कार्यक्रमका र एक दिने सङ्गीतमय शिव पुराण कथा बाचनका साथ समापन गरिने ‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिका अध्यक्ष किरण पोख्रेलले बताए । समापन तथा दिव्य महाआरती कार्यक्रम बन्दीपुरको तिनधारा परिसरमा गरिने आयोजक समितिले जनाएको छ ।

सुरुवाती चरणमा नै हजारौँ भक्तजनहरूको सहभागिता रहेको यस कार्यक्रमले बन्दीपुरको धार्मिक पर्यटनको प्रवर्द्धन गरेको तथा आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्ने आगन्तुकहरूले बताएका छन् । ‘शिव महिम्नाहा उत्सव’ मूल आयोजक समितिको आयोजना सञ्चालित यस कार्यक्रम को प्रायोजन बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले गरेको छ ।

उक्त कार्यक्रमको सहयोगीमा भने बन्दीपुर गाउँपालिका, इलाका प्रहरी कार्यालय, खड्ग देवी मन्दिर समिति, तीनधारे टोल विकास संस्था र तनहुँ र गोर्खा जिल्लाका आमा समूहहरू रहेका छन् । यसै गरी भजन सहयोगीको रूपमा राधाकृष्ण सांस्कृतिक समूह गगनगौड़ा पोखरा, धर्म जागरण भजन समूह पुरंचौर पोखरा, राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान तनहुँ, बेद अनुयायी भजन कीर्तन समूह तनहुँ र सिद्देश्वर भजन समूह ढुङ्गे साँघु पोखरा रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi