Skip to content
Prabhu

काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय न्युप्लाजा सँगैको सडक भासिएको छ । टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले बताएका छन् ।

दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएको हो । उक्त सडक भासिएपछि रातिदेखि नै आवागमन प्रभावित भएको छ । अहिले उक्त सडकखण्ड बन्द गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal