Skip to content
Prabhu

१४ लघुवित्तको वित्तीय रिपोर्टः ९ लघुवित्तको बढ्यो, ५ को घट्यो

काठमाडौ । हालसम्म नेप्सेमा सूचीकृत ४८ लघुवित्त वित्तीय संस्थामध्ये एक दर्जन कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमध्ये अधिकांशको नाफामा सुधार देखिएको छ भने केहीको नाफामा गिरवाट आएको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीमध्ये ९ वटाको नाफामा सुधार भएको छ भने ५ वटाको नाफा घटेको देखिएको छ । गत वर्षको विवरणअनुसार नेसनल लघुवित्त, मेरो माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, कालिका लघुवित्त, लक्ष्मी लघुवित्त, युनिक नेपाल लघुवित्त, मिथिला लघुवित्त, गुरांश लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको नाफामा वृद्धि भएको छ ।

वित्तीय विवरणअनुसार गत आवसम्ममा नेशनल लघुवित्तको नाफा ३४ करोड ९ लाख २९ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.८९ प्रतिशतले बढी हो । अघिल्लो आवसम्म लघुवित्तको नाफा २१ करोड ५९ लाख ३१ हजार रुपैयाँ मात्रै रहेको थियो । त्यस्तै गत आवसम्ममा मेरो माइक्रो फाइनान्सको नाफा २१ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३६२.५९ प्रतिशतले बढी हो ।

यो कम्पनीले गत आर्थिक वर्षमा ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । त्यस्तै यो अवधिमा आरएसडीसी लघुवित्तले १४ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको समिक्षा अवधिको भन्दा ३६.४७ प्रतिशतले बढी हो । अघिल्लो वर्षसम्मको कम्पनीको नाफा १० करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै नाफा वृद्धि भएको अर्को लघुवित्त हो कालिका । यो कम्पनीले गत आवसम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३४.०३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो वर्ष नाफा ऋणात्मक रहेको लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षमा भने नाफा धनात्मक बनाउन सफल भएको छ । यो लघुवित्तको नाफा अघिल्लो आवमा ६ करोड ५ लाख ८९ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । त्यसमा सुधार गर्दै गत आवमा यो लघुवित्तले ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा युनिक लघुवित्तको नाफा पनि २२.८८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ३ करोड ९० लाख रुपैयाँ रहेको लघुवित्तको नाफा गत आवको विवरण अनुसार ४ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षमा मिथिला लघुवित्तले पनि गत आर्थिक वर्षको भन्दा ६०.८५ प्रतिशतले नाफा बढाएको छ ।

अघिल्लो आवसम्म २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवमा ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षमा सपोर्ट लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ७५.०३ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिसम्म १ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा गुराँस लघुवित्तको नाफा १४४९.११ प्रतिशतले बढेको छ । यो लघुवित्तको गत आवसम्मको २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको समिक्षा अवधिमा यसको नाफा १६ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको विवरण अनुसार फस्र्ट माइक्रोफाइनान्स, एनआइसी एशिया लघुवित्त, आत्मनिर्भर लघुवित्त, हिमालयन लघुवित्त र समाज लघुवित्तको नाफा ऋणात्मक रहेको छ । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा फस्र्ट माइक्रोफाइनान्सको आम्दानी १२.०४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १९ करोड ८१ लाख रुपैयाँ नाफा गरेको यो लघुवित्तले गत आवमा १७ करोड ४२ लाख रुपैयाँ मात्रै नाफा गर्न सफल भएको छ ।

त्यस्तै गत आर्थिक वर्षमा अघिल्लो आवको तुलनामा नाफा घट्ने लघुवित्त हो एनआइसी एशिया लघुवित्त । यो लघुवित्तको नाफा ३२.८२ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीको नाफा १८ करोड ९२ लाख रुपैयाँ रहेको थियो । गत आवसम्मको विवरण अनुसार लघुवित्तको नाफा १२ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै गत आवको विवरण अनुसार आत्मानिर्भर लघुवित्तको नाफा ७१.२६ प्रतिशतले घटेको छ । अघिल्लो आवसम्म ४ करोड ८६ लाख नाफा कमाएको घलुवित्तले गत आवमा भने जम्मा १ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत आवको विवरण अनुसार हिमालयन लघुवित्तको नाफा ७५ लाख २० हजार रुपैयाँ मात्रै रहेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ४१ हजार रुपैयाँले नाफामा थियो । यो लघुवित्तको नाफा अघिल्लो आव भन्दा गत आवमा २४.८१ प्रतिशतले कम हो ।

अघिल्लो आवको तुलनामा गत आवमा समाज लघुवित्तको नाफा ३२.३४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तको नाफा ७५ लाख ८२ हजार रुपैयाँ रहेको थियो भने गत आवसम्म यो घटेर ५१ लाख ३० हजार रुपैयाँमा झरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal