Skip to content
Prabhu

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा २५ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घटेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार २६.५३ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा इन्स्योरेन्सले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित प्रिमियम १५.७८ प्रतिशत बढेको छ भने कुल आम्दानी १४.२४ प्रतिशत बढेको छ । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १०.५९ प्रतिशत र कुल खर्च १२.४७ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २० रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५१ पैसामा झरेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा रहेको छ ।

३ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियम १ अर्ब २६ करोड रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal