Skip to content
Prabhu

४७४ प्रतिशतले बढ्यो एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा, प्रतिसेयर आम्दानीमा पनि सुधार

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा ४७४.३८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानी घटे पनि वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तनको नाफाका कारण खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.९६ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.८४ प्रतिशत घटेको छ । त्यस्तै, कम्पनीको वित्तीय सम्पत्तिको फेर भ्यालु परिवर्तन नाफा ७ करोड ४ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ५७ पैसा बढेर ५ रुपैयाँ ५३ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३५.२७ गुणा रहेको छ ।

१ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ११ करोड ६० लाख रुपैयाँ र लगानी पुनर्मूल्यांकन जगेडामा ६० करोड रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal