Skip to content
Prabhu

हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले दुई स्थानान्तरण गरेको छ । बैंकले ललितपुरको जाउलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा–२ लाई स्थानान्तरण गरी साउन २७ गते आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको हो ।

बैंकले जाउलाखेल शाखालाई साविकको स्थानबाट ललितपुर महानगरपालिका–२७ को सुनाकोठीमा स्थानान्तरण गरिएको छ भने जनकपुर शाखा–२ लाई धनुषाको जनकपुरधामस्थित पिडारी चोकमा स्थानान्तरण गरिएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले सुनाकोठी शाखाको शुभारम्भ गरेका हसन् भने बैंकका मधेश प्रदेश शाखा प्रमुख सागर कुमार रेग्मीले पिडारी चोक शाखाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थति थियो । हाल बैंकले नेपालभर फैलिएका १ सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २ सय ७२ एटीएम,६ हजार ५ सयभन्दा बढी पीओसी टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal