Skip to content
Prabhu

१९ वटै वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, स्ट्यान्डर्ड चार्टर्डको सबैभन्दा धेरै, कुमारीको कम

काठमाडौं । केही समयअघि नेप्सेमा सूचीकृत भएका वाणिज्य बैंकहरुमध्ये अधिकांशको सेयर मूल्य आईपीओकै हाराहारीमा रहेकाके थियो । धेरै बैंकको सेयर मूल्य दोस्रो बजारमा २०० रुपैयाँभन्दा कम थियो । त्यो अवस्थामा १९ वाणिज्य बैंकमध्ये ९ वटाको सेयर मूल्य २०० रुपैयाँभन्दा कम थियो। यो जेठ ८ गतेको कारोबार बन्द हुन्दाको मूल्य हो ।

पछिल्लो सयम सेयर बजार बढ्ने क्रम जारी रहेको छ । बैंकिङ समूहको सेयर मूल्य पनि उल्लेख्य मात्रामा बढेको छ । करिब ३ महिना अघिसम्म २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका वाणिज्य बैंकको संख्या ९ थियो । आज (आइतार) सम्मको अवधिमा २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएको कुनै पनि वाणिज्य बैंक छैन । यो अवधिमा दोस्रो बजारमा सबै बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा बढी नै रहेको छ ।

केही बैंकको सेयर मूल्य त ५०० रुपैयाँभन्दा पनि धेरै रहेको छ । नेप्सेमा सूचीकृत भएको बैंकहरुमध्ये दोस्रो बजारमा सबैभन्दा धेरै सेयर मूल्य भएको बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक हो । आइतबारको कारोबार बन्द हुँदा यो बैंकको सेयर मूल्य ७०७ रुपैयाँ ७ पैसा छ । सबैभन्दा कम सेयर मूल्य हुने बैंक कुमारी बैंक हो । दोस्रो बजारमा यो बैंकको प्रतिकित्ता सेयर मूल्य २१३ रुपैयाँ रहेको छ।

आजको सेयर कारोबार बन्द हुँदा ५ बैंकको सेयर मूल्य ४०० रुपैयाँभन्दा माथि रहेको छ । सेयर बजारमा आज ७०७ रुपैयाँ ७ पैसामा कारोबार बन्द भएको स्ट्यान्र्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य जेठ ८ गते ५८४ रुपैयाँ ९० पैसा रहेको थियो । त्यस्तै आज ६९२ रुपैयाँ ५० पैसामा दोस्रो बजारमा सेयर किनबेच भएको एभरेष्ट बैंकको सेयर मूल्य जेठ ८ गतेको कारोबार बन्द हुँदा ५४१ रुपैयाँ ९ पैसा रहेको थियो ।

त्यस्तै आइतबारको कारोबार बन्द हुँदा प्रतिकित्ता ५०० रुपैयाँभन्दा बढी सेयर मूल्य भएको अर्को वाणिज्य बैंक हो नविल बैंक । यो बैंकको सेयर मूल्य दोस्रो बजारमा ६३९ रुपैयाँ १० पैसा रहेको छ । जेठ ८ गतेको भन्दा यो १५८ रुपैयाँ २ पैसाले बढेको छ । जेठ ८ गते यो बैंकको सेयर मूल्य ४८० रुपैयाँ ९ पैसा रहेको थियो । आजको कारोबार बन्द हुँदा एनआइसी एशिया बैंकको सेयर मूल्य ५०४ रुपैयाँ ३० पैसा रहेको छ । जेठ ८ गते यो बैंकको सेयर मूल्य पनि ४२९ रुपैयाँ ५ पैसा रहेको थियो ।

आजको कारोबार बन्द हुँदा सेयर बजारमा नेपाल एसबिआइ बैंकको सेयर मूल्य दोस्रो बजारमा ४२४ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ । जेठ ८ गते यो बैंकको सेयर मूल्य ३ सय रुपैयाँ रहेको थियो ।

आजको कारोबार बन्द हुँदा कृषि विकास बैंकको सेयर मूल्य ३३८ रुपैयाँ ९० पैसा पुगेको छ । यो बैंकको सेयर मूल्य जेठ ८ गते २०६१ रुपैयाँ ५ पैसा रहेको थियो । आज २४३ रुपैयाँमा कारोबार बन्द भएको सिटीजन्स बैंकको सेयर मूल्य जेठ ८ गते १७४ रुपैयाँ ८ पैसा रहेको थियो।

त्यस्तै जेठ ८ गतेको कारोबार दिनमा ग्लोबल आइएमई बैंकको सेयर मूल्य २०० भन्दा कम थियो। यो बैंकको सेयर मूल्य त्यो समयमा १८८ रुपैयाँ रहेको थियो । आइतबारको कारोबार बन्द हुँदा बैंकको सेयर मूल्य २४३ रुपैयाँ ६० पैसा पुगेको छ । जेठ ८ गते १९३ रुपैयाँमा कारोबार भएको हिमालयन बैंकको सयेर मूल्य आज २५७ रुपैयाँ ६० पैसामा कारोबार बन्द भएको छ । जेठ ८ गते १४६ रुपैयाँमा कारोबार भएको कुमारी बैंकको सेयर मूल्य २१३ पुगेको छ ।

आइतबारको कारोबार बन्द हुँदा जेठ ८ गते २०० रुपैयाँभन्दा तल सेयर मूल्य भएको लक्ष्मी सनराइज बैंकको सेयर मूल्य २३६ रुपैयाँ पुगेको छ । जेठ ८ मा यो बैंकको सेयर मूल्य १६८ रुपैयाँ ५ पैसा रहेको थियो । त्यस्तै जेठ ८ मा १८२ रुपैयाँ ३ पैसा रहेको माछापुछ्रे बैंकको सेयर मूल्य आज २४४ रुपैयाँ, जेठ ८ मा १६६ रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको सेयर मूल्य आज २३५ रुपैयाँ र जेठ ८ मा १८९ रुपैयाँ रहेको एनएमबी बैंकको सेयर मूल्य आज दोस्रा बजारमा २४९ रुपैयाँ ८० पैसा पुगेको छ ।

त्यस्तै जेठको ८ गते २०७ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य रहेको प्राइम कमर्सियल बैंकको सेयर मूल्य आज २९१ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै जेठ ८ मा २५० रुपैयाँ ७ पैसा रहेको सिद्धार्थ बैंकको सेयर मूल्य आज ३३१ रुपैयाँ, २६२ रुपैयाँ रहेको सानिमा बैंकको सेयर मूल्य ३३८ रुपरैयाँ ५० पैसा पुगेको छ । त्यस्तै नेपाल बैंक लिमिटेडको सेयर मूल्य २२२ रुपैयाँ ८ पैसा रहेको थियो। आजको कारोबार बन्द हुँदा यो बैंकको सेयर मूल्य २८० रुपैयाँ पुगेको छ । जेठ ८ गते १५१ रुपरैयाँ रहेको प्रभु बैंकको सेयर मूल्य २३८ रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal