Skip to content
Prabhu

सूर्यज्योति लाइफको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेगत आथिडको नाफामा गत आर्थिक वर्षमा उल्लेख्य सुधार आएको छ । कम्पनीले सर्वाजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा १४६.०३ प्रतिशतले खुद नाफा वृद्धि भएको हो ।

सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीले गत वर्ष ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा १६ करोड ११ लाख ७३ हजार रुपैयाँ मात्रै थियो । त्यस्तै गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २३.२२ प्रतिशतले बढेर ३३ अर्ब ६३ करोड ७५ लाख ८४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो कोष २७ अर्ब २९ करोड ९३ लाख १७ हजार रुपैयाँ थियो ।

गत आवमा कम्पनीको कुल बीमाशुल्क आर्जन २९.०८ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ७ अर्ब ३४ करोड ३ लाख ३० हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले ४ अर्ब ५ करोड ८० लाख ८५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ५ करोड ६७ लाख ४१ हजार रुपैयाँको दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ९७.३१ प्रतिशतले बढेको हो ।

गत आवमा कम्पनीले आफ्ना बीमितहरूलाई ४ अर्ब २७ करोड ५५ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ८६ करोड ८८ लाख ३६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत आवमा कम्पनीको कुल खर्च २८.२३ प्रतिशतले बढेर १२ अर्ब २६ करोड ६१ लाख ७८ हजार रुपैयाँ पुगेको छ भने कम्पनीले अभिकर्ता कमिसन पनि १४.२२ प्रतिशतले बढेर ८७ करोड ३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्ष ७६ करोड २० लाख रुपैयाँ थियो ।

अघिल्लो वर्ष ३.५५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर गत वर्ष ८.७२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १३०.५६ रुपैयाँ, पिई अनुपात ४९.२८ प्रतिशत र सोल्भेन्सी रेसियो ३ प्रतिशत छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १०.२६ प्रतिशतले बढेर ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको लगानी २०.८५ प्रतिशतले बढेर ३४ अर्ब ९६ करोड ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal