Skip to content
Prabhu

धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न अर्थ समितिको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न अर्थ समितिले निर्देशन दिएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा अध्यक्ष चयन नहुदाँ अर्बौ रुपैयाँको निष्काशन रोकिएको भन्दै समितिले तत्काल उपयुक्त र योग्य व्यक्तिलाई अध्यक्ष नियुक्त गर्न निर्देशन दिएको हो ।

समितिले पुँजी बजार सम्बेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न समेत सरोकारवालाहरुलाई ध्यानाकर्षण गर्न निर्देशन दिएको छ । साथै, सबै मिलेर पुँजी बजारलाई थप मजबुद, पारदर्शी र दिगो बनाउने तर्फ लाग्नुपर्ने र नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित कानुनी एवं अन्य सुधारका पक्षसहितको कार्य योजना १५ दिन भित्र समितिमा पेश गर्न समितिले निर्देशन दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal