Skip to content
Prabhu

साढे १३ प्रतिशतले घट्यो नेपाल पुनर्बीमा कम्पनीको नाफा, प्रतिसेयर नेटवथ कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नाफा साढे १३ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार १३.४९ प्रतिशतले नाफामा गिरवाट आएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ ।
१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal