Skip to content
Prabhu

गणपति लघुवित्तको नाफा २ करोड ९९ लाखले धनात्मक

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा २ करोड ९९ लाख रुपैयाँले धनात्मक भएको हो ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको खुद नाफा खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण धनात्मक भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.६७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.४६ प्रतिशत घटेको छ ।

गत असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २ करोड ५२ लाख रुपैयाँ रिभर्स भएको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै धनात्मक हुन पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५० लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा, प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १११.५९ गुणा रहेको छ ।

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९१ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal