Skip to content
Prabhu

आशा लघुवित्तले कमायो ६ करोड बढी नाफा, वितरणयोग्य मुनाफा १४ करोड

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको मुनाफामा लोभलाग्दो सुधार देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले ६ करोड ८९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार कम्पनीले उक्त नाफा कमाएको हो ।

अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १ लाख ४८ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ८९.९६ प्रतिशतले बढेर ४४ करोड ११ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी २३ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

यता संचालन नाफा ३३९.०२ प्रतिशतले बढेर ८ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त नाफा १ करोड ९३ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ, जगेडा कोषमा २५ करोड ५७ लाख रुपैयाँ, वितरणयोग्य नाफा १४ करोड ५१ लाख रुपैयाँ र खराब कर्जा ४.८१ प्रतिशत रहेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ०.४ पैसाबाट बढेर ९ रुपैयाँ ३७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १६२.४८ रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal