Skip to content
Prabhu

कोरोना बीमा दाबी भुक्तानी प्रकृयाको लागि छलफल भइरहेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमा दाबी भुक्तानी प्रकृयाको लागि छलफल भइरहेको बताएका छन् । निर्जीवन बीमा कम्पनीका सीईओहरुसँको भेटका क्रममा अर्थमन्त्री पौडेलले कोरोना बीमा भुक्तानीका लागि नेपाल बीमा प्राधिकरणसँग छलफल भइरहेको बताएका हुन् ।

कोरोना बीमाको दाबी भुक्तानि लामो समयदेखि विवादित रहेको छ । कोरोना बीमाका कारण आम सर्वसाधरणमा बीमाप्रतिको धारणा नै नकारात्मक हुनेगरी आलोचना भएको भन्दै उपयुक्त निष्कर्षमा पुग्ने मन्त्री पौडेलको भनाइ थियो । उनले कोरोना बीमाको बाँकी दायित्व कसले कसरी ब्यहोर्ने भन्ने बारे नेपाल बीमा प्राधिकरणसंग छलफल भैरहेको पनि बताए । ‘कोरोना बीमाको भुक्तानी कसरी गर्ने भन्नेबारे बीमा प्राधिकरणले विभिन्न विकल्प दिएको छ, हामी उपयुुक्त विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौँ,’ मन्त्री पौडेलले भने ।

नेपाल बीमा प्राधिकरणका अनुसार कोरोना बीमातर्फ हालसम्म ६४ हजार ८६८ जना बीमितको ६ अर्ब १० करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ । बाँकि १ लाख १९१ जना बीमितहरुको करिब ९ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । कोरोना बीमालेख अन्तर्गत १७ लाख ५८ हजार ३४३ जनाले बीमा गराएका थिए । १ लाख ६५ हजार ५९ जनाले बीमितले दावी भुक्तानीको माग गरेका थिए । उक्त भुक्तानी माग अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, नेपाल पुनर्बीमा कम्पनी र अन्य निर्जीवन कम्पनीहरुले जम्मा १५ अर्ब ८२ करोड २१ लाख रुपैयाँ दिनुपर्ने थियो ।

उक्त रकममध्ये ३ अर्ब ५० करोड रुपैयाँ प्राधिकरण, पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुको दायित्वमा थियो । बाँकी १२ अर्ब ३२ करोड बराबर रकम नेपाल सरकारले दिनुपर्ने रकम हो । तर सरकारले हालसम्ममा १ अर्ब रुपैयाँ मात्र भुक्तानी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal