Skip to content
Prabhu

स्वास्थ्य बीमाको समस्या उजागर नगरे व्यवस्थित गर्न सकिँदैन : स्वास्थ्य मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विद्यमान पद्धतिबाट स्वास्थ्य बीमालाई व्यवस्थित गर्न नसकिने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा मन्त्री पौडेलले स्वास्थ्य बीमाको स्रोत सुनिश्चित नहुँदा कार्यान्वयन हुन कठिन रहेको उनले बताएका हुन् ।

‘प्रिमियम जम्मा भएन । सरकारले अन्य स्रोतहरु सुनिश्चित गर्न सकेन । अस्पतालहरुमा अर्बौं तिर्न बाँकी छ,’ पौडेलले भने, ‘९ अर्ब सरकारले तिर्न बाँकी छ । यही ढंगले चलेर स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिँदैन ।’ स्वास्थ्य बीमालाई व्यवस्थित गर्न र स्रोत सुनिश्चित गर्नका लागि विकल्पहरु समेत पेस गरेका छन् । स्रोत सुनिश्चित गराउनका लागि पार्टीको पनि सहयोग आवश्यक रहेको उनको भनाइ थियो । नीतिगत रुपमा गर्नुपर्ने कार्यका लागि आवश्यक पहल गरिदिन पार्टीमा उनले अनुरोध समेत गरे ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal