Skip to content
Prabhu

आरम्भ चौतारी लघुवित्तको नाफा धनात्मक

काठमाडौं । गत आर्थिक वर्षमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक भएको छ । अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको कम्पनीको नाफा गत आवमा धनात्मक भएको हो ।

लघुवित्तले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार ४ करोड ३५ लाख रुपैयाँले नाफा धनात्मक भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको थयो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी २ प्रतिशतले घटेर २७ करोड ६ लाख ३७ हजार रुपैयाँमा झरको छ । यो अघिल्लो वर्ष २७ करोड ६१ लाख ५० हजार रुपैयाँ थियो । कम्पनीको खुद फी तथा कमिशन आम्दानी भने ६५.८६ प्रतिशतले बढेर ६ करोड ३० लाख ८ हजार रुपैयाँ पुगेको छ ।

गत वर्ष इम्पेयरमेन्ट चार्ज दुई करोड ५९ लाख रुपैयाँ ऋणात्मक छ । जुन अघिल्लो वर्ष ४ करोड १९ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा सञ्चालन नाफा ६०.६७ प्रतिशतले वृद्धि भएर ६ करोड २१ लाख ७६ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ३ करोड ८६ लाख ९८ हजार रुपैयाँ थियो ।

कम्पनीको कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले वृद्धि भएर ३३ करोड ३६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ८ करोड २३ लाख ४० हजार रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनी प्रतिसेयर आम्दानी (ईपीएस) १६.५० रुपैयाँ ऋणात्मकबाट बढेर ११.८५ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १४१.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०३.७६ गुणा र तरलना अनुपात ३.०८ प्रतिशत छ ।

३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिजर्भमा १६ करोड ७० लाख ६६ हजार रुपैयाँ छ । कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा ७.६७ प्रतिशतले घटेर ४ अर्ब २५ करोड १० लाख ६७ हजार रुपैयाँ र निक्षेप संकलन ६.७७ प्रतिशतले बढेर १ अर्ब ५८ करोड २० लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal