Skip to content

वित्तीय स्थिरता र जोखिम व्यवस्थापन सम्मेलन गर्दै बिफिन, २ सय विज्ञ सहभागी हुने

nabil bank

काठमाडौं। बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)ले ‘फाइनान्सियल स्टाबिलिटी एन्ड डिजिटल ट्रान्सफर्मेसन इन अनसर्टेन टाइम्स’ सम्मेलन आयोजना गर्ने भएको छ।

डिजिटल प्रविधिको रणनीतिक प्रयोगमार्फत वित्तीय स्थिरता कायम राख्न तथा बैंकिङ, वित्त र बिमा क्षेत्रका लागि प्रभावकारी जोखिम व्यवस्थापनमाथि छलफल गर्न गर्ने उद्देश्यले आगामी साउन ३० नेपालसहित भारत र श्रीलंकाली विज्ञको सहभागितामा सम्मेलन गरिने भएको बिफिनले जानकारी दिएको हो।

संस्थाको ६औं वार्षिकोत्सव अवसर पारेर काठमाडौंमा आयोजना गरिने सम्मेलनमा नेपाल, भारत र श्रीलंकाका प्रमुख विज्ञ तथा नीति निर्माताले एआई, फिनटेक रिभुलेसन र साइबर सेक्युरिटीको भूमिकामा छलफल गर्नेछन्।

आर्थिक अनिश्चिततामा कसरी प्रगति गर्न सकिन्छ भन्नेबारे सिर्जनात्मक रणनीति खोजी गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजकको भनाइ छ। स्वदेश तथा विदेशका गरी २१ विशिष्ट व्यक्तित्वले कार्यपत्र प्रस्तुति एवं मन्तव्य राख्ने सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका गरी करिब २ सय सहभागी हुने छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गर्ने सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट वक्ताको प्रस्तुति र प्यानल छलफल हुनेछ। सम्मेलनमा प्रमुख तीन सत्रमध्ये पहिलो सत्र प्याथवेज् टू स्टाबिलिटीः एक्सप्लोरिङ फाइनान्सियल रिसाइलेन्सु, दोस्रो सत्र डिजिटल फ्रन्टियरः इनोभेसन, इनसाइटस् एन्ड सेक्युरिटी इन बैंकिङ एन्ड इन्स्योरेन्स र तेस्रो सत्र नेभिगेटिङ अनसर्टेनिटीः एसेसिङ एन्ड म्यानेजिङ रिस्क इन् द बैंकिङ, इन्स्योरेन्स छन्।

सम्मेलनमा बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (फिन)ले भारतका दुई प्रमुख संस्था द ग्लोबल इन्स्टिच्युट अफ बिजनेस स्टडिज एवं बैंग्लोर र फिनट्राम ग्लोबल एलएलपी, न्यू दिल्लीसँग सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको संस्थाका प्रबन्ध निर्देशक डा। विनोद आत्रेयले जानकारी दिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime