Skip to content
Prabhu

यमनमा दुई जहाज नजिकै विस्फोट 

एजेन्सी । यमनको तट नजिकै मङ्गलबार दुई जहाजमा विस्फोटको खबर प्राप्त भएको तर कुनै पनि घटनामा क्षति वा चोटपटक नदेखिएको सामुद्रिक सुरक्षा एजेन्सीहरूले बताएका छन् ।
राजधानी सानालगायत धेरै क्षेत्रमा नियन्त्रण गर्ने हुथी विद्रोहीहरूका कारण यमनको लाल सागर र अदनको खाडी जहाजहरूका लािग खतरनाक बनेको छ । उनीहरूले युद्धग्रस्त गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता देखाउन आक्रमण सुरु गरेका छन् ।
विद्रोहीहरूको कब्जामा रहेको बन्दरगाह सहर होडेडाबाट ६३ सामुद्रिक माइल दक्षिणपश्चिममा रहेको एउटा जहाजले मङ्गलबार बिहानै दुई विस्फोट भएको जानकारी दिएको छ ।
युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटिओ)ले भनेको छ, “नजिकै एउटा सानो जहाजलाई शङ्कास्पद तरिकाले काम गरिरहेको र जहाजतर्फ बत्तीहरू चम्किरहेको देखियो ।”
बेलायती नौसेनाद्वारा सञ्चालित उक्त एजेन्सीका अनुसार जहाजमाथि ‘एउटा चालकरहित युएसभीले आक्रमण गरिएको थियो र त्यसलाई सफलतापूर्वक निष्क्रिय बनाइएको थियो ।’ “जहाज र चालक दल सुरक्षित रहेको बताइएको छ र जहाज आफ्नो बन्दरगाहतिर बढिरहेको छ”, एजेन्सीले भनेको छ ।
सामुद्रिक सुरक्षा फर्म एम्ब्रेले जहाज हुथी लक्ष्यको प्रोफाइलसँग फिट देखिएको बताएको छ । पश्चिमी नौसैनिक गठबन्धनद्वारा सञ्चालित संयुक्त सामुद्रिक सूचना केन्द्र ९जेएमआइसी० ले जहाजको पहिचान लाइबेरिया–ध्वजाङ्कित कच्चा तेल ट्याङ्कर डेल्टा अटलान्टिकका रूपमा गरिएको बताएको छ ।
युकेमटिओले होडेडाबाट ९७ सामुद्रिक माइल उत्तरपश्चिममा रहेको अर्को जहाजले पनि ‘जहाज वरपर विस्फोट’ भएको सूचना दिएको छ ।
जेएमआइसीले जहाजको पहिचान पनामा–ध्वजाङ्कित कच्चा तेल ट्याङ्कर अन फिनिक्सका रूपमा गरेको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal