Skip to content
Prabhu

मुक्तिनाथ कृषि कम्पनीको नाफामा उल्लेख्य सुधार

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । गत आर्थि वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा अघिल्लो आवको भन्दा १६७.०८ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले गत आवमा २ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा कम्पनीले १ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ७०.१४ प्रतिशत बढेको छ भने कुल नाफा ५७.०१ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी ५५.७८ प्रतिशत र कुल सञ्चालन खर्च ६०.३३ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १३ पैसा बढेर ४ रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४७.८७ गुणा रहको छ । ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal