Skip to content
Prabhu

विद्युत बिक्री आम्दानी १ अर्ब बढी रहेको अपि पावरको नाफा कति ?

काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक वर्षमा विद्युत बिक्रीबाट १ अर्ब भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्री आम्दानी १ अर्ब नाघेको हो ।

कम्पनीले गत आवको अन्त्यसम्ममा विद्युत बिक्रीमाफर्त १ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७९.५८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ३३ करोड ८३ लाख रुपैयाँ मात्र थियो ।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उच्च दरमा बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९३२.११ प्रतिशत बढेर ४५ करोड ६५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा २११.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९९.२४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको वित्तीय खर्च पनि १३७.३३ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा पुगेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.२१ गुणा रहेको छ । ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५६ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal