Skip to content
Prabhu

युनाइटेड अजोड इन्स्योरेन्सको नाफा शत प्रतिशत वृद्धि

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको नाफा शतप्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा शतप्रतिशले नाफा वृद्धि भएको हो ।

वित्तीय विवरण अनुसार नाफासँगै अधिकांश सूचकमा सुधार देखिएको छ । गत आर्थिक वर्षमा कम्पनीको मुनाफा १०८.११ प्रतिशतले बढेर ३८ करोड ५२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १८ करोड ५१ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्ममा कम्पनीको बीमा कोष सञ्चिति ३ अर्ब ३ करोड ४३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको बीमा कोष सञ्चिति ३ अर्ब २१ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन ६६.९३ प्रतिशतले बढेर १ अर्ब २० करोड ९२ लाख रुपैयाँ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीम शुल्क आर्जन ७२ करोड ४४ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन ५८ प्रतिशतले बढेर २ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जन एक अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।

यता, कम्पनीको प्रतिसेयर आम्दानी १५.५८ रुपैयाँबाट बढेर १८.३५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११७.७२ रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तसम्ममा आइपुग्दा चुक्तापुँजी २ अर्ब १० करोड र जगेडा कोष १ अर्ब ६७ करोडबाट घटेर १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal