Skip to content
Prabhu

५० प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा, बीमा कोषको आकार घट्यो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षमा खुद नाफा ५०.०८ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीको यस्तो नाफा ४४ करोड ५० लाख रुपैयाँ मात्रै थियो ।

यद्यपि कम्पनीको बीमा कोषको आकार भने १७.६० प्रतिशतले खुम्चिएर ३ अर्ब ४५ करोड ४ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष ४ अर्ब १८ करोड ७५ लाख रुपैयाँ थियो । गत वर्ष कम्पनीको कुल दाबी भुक्तानी २२.२३ प्रतिशले बढेर ७४ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन २.४८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने खुद बीमाशुल्क आर्जन ३६.९४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ भएको छ । कम्पनीको चुक्ता पुँजी ८.६३ प्रतिशतले बढेर २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । रिजर्भ फण्डको आकार १५.४५ प्रतिशत बढेर २ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी समेत ७.३८ रुपैयाँले बढेर २६.७२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १९१.८३ रुपैयाँ, पीई रेसियो २३.६५ गुणा र सोल्भेन्सी रेसियो ३.२४ प्रतिशत रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal