Skip to content
Prabhu

व्यवसाय ११ प्रतिशतले बृद्धि हुँदा एनएलजी इन्स्योरेन्सको नाफा २१ प्रतिशतले बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा व्यवसायसँगै नाफा पनि वृद्धि गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरण अनुसार व्यवसाय ११.१२ प्रतिशत र नाफा २१.७७ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा २५ करोड ३३ लाख रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा २० करोड ८० लाख रुपैयाँ रहेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीको समग्र बीमा व्यवसाय पनि यो अवधिमा ११.१२ प्रतिशतले बृद्धि गरी २ अर्ब ५८ करोड पुगेको छ । जसमा खुद बीमा शुल्क ७५ करोड २१ लाख रुपैयाँ मात्रै धारण गरेको छ । जसका कारण कम्पनीको जोखिम कम धारण गरेको देखिएको छ ।

त्यस्तै, कम्पनीको कूल बीमा दावी भुक्तानी उच्च अंकले घटेर २ अर्ब १९ करोडबाट १ अर्ब ५९ करोडमा सीमित भएको छ । कम्पनीले जोखिमयुक्त व्यवसाय नलिई जोखिमहरुको सही विश्लेषण गरेकोले बीमा दावी कम परेको देखिएको छ । कूल चुक्ता पुँजी १ अर्ब ५३ करोड रहेको कम्पनीको जगेडा कोषमा कूल एक अर्ब ७३ करोड रुपैयाँ संचिती रहेको छ । समीक्षा अवधीमा कम्पनीको कोषको आकार १३.२१ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले लगानी तथा अन्यबाट प्राप्त आम्दानी ६.१३ प्रतिशतले बृद्धि भई २१ करोडबाट बढेर २२ करोड ४४ लाख पुगेको छ । त्यस्तै, कूल खर्च एक अर्ब चार करोडबाट झरेर ९६ करोडमा सीमित हुन पुगेको छ । कम्पनीले खर्च ७.५३ प्रतिशतले घटाउन सफल भएको छ ।
समिक्षा अवधीमा कम्पनीको प्रतिसेयर आम्दानी १२.४६ रुपैयाँबाट बढेर १६.४६ पुगेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal