Skip to content
Prabhu

प्रभु इन्स्योरेन्सको खुद नाफा ११८% ले बढ्यो, प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा शतप्रतिसशत भन्दा बढी नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आको वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ११८.१३ प्रतिशतले नाफा वृद्धि भएको हो ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफासँगै कुल बीमा शुल्क, लगायत इपीएस समेत बढेको छ । अघिल्लो आवमा २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ४९ करोड ८ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शूल्क आर्जन १४.२९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ५७ करोड सात लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवमा ६५ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आवमा १ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यस अवधिमा १ अर्ब ५६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन ९.५८ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीले यस अवधिमा कर्जा तथा लगानीबाट १३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले ७१ करोड चार लाख रुपैयाँ व्यवस्थापन तथा कर्मचारी तलव लगायतका विषयमा खर्च गरेको छ । समीक्षा अवधिमा कम्पनीले आफ्ना बीमितहरुलाई ४३ करोड २४ लाख रुपैयाँ कुल बीमा दावी भुक्तानी दिएको छ । त्यस्तै, नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६१ पैसाबाट बढेर ३४ रुपैयाँ ०५ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ १९ पैसा रहेको छ ।
१ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार ३७ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal