Skip to content
Prabhu

सानिमा जिआईसी इन्स्योरेन्सको खुद नाफा २० प्रतिशले बढ्यो

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले एक वर्षको अवधिमा आफ्नो मुनाफा २०.९२ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा २०.९२ प्रतिशतले नाफा वृद्धि भएको हो ।

कम्पनीले गत आवमा ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २७ करोड ३५ लाख ४७ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको बीमा कोषको आकार १३.१० प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब २ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.४४ प्रतिशतले बढेर २ अर्ब ५१ करोड १६ लाख रुपैयाँ र खुद बीमा शुल्क ३६.५२ प्रतिशतले बढेर ७५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कर्जा तथा लगानीबाट हुने आय ४.४६ प्रतिशतले बढेर २५ करोड ८५ लाख रुपैयाँ रहेको छ । एक वर्षमा कम्पनीले आफ्ना बीमितलाई ९० करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३.६८ रुपैयाँबाट बढेर १६.५४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४९.३१ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति १३.१० प्रतिशतले बढेर २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal