Skip to content
Prabhu

सबै सूचक घटेको राष्ट्रिय बीमा कम्पनीको नाफा ६२ करोड ७३ लाख

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले गत वर्ष ६२ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

कम्पनीले गत आवमा कमाएको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १८.८० प्रतिशतले कम हो । अघिल्लो वर्षमा कम्पनीले ७७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको जीवन बीमा कोषको आकार ५ प्रतिशतले घटेर ९५ करोड २२ लाख रुपैयाँमा झरेको छ । गत वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ३० प्रतिशतले घटेको छ भने खुद बीमाशुल्क आर्जन १३.२८ र कुल दाबी भुक्तानी ७.५७ प्रतिशतले घटेको छ ।

गत वर्ष कम्पनीको लगानीबाट हुने आय समेत १०.८९ प्रतिशतले घटेर ८१ करोड ९८ लाख रुपैयाँमा झरेको छ । कम्पनीले गत वर्ष कुल खर्च समेत ६ प्रतिशतले घटाएर ४४ करोड ७७ लाख रुपैयाँमा सिमित बनाएको छ । २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिजर्भ फण्ड १२.४५ प्रतिशतले घटेर १७ अर्ब ४४ करोड २८ लाख रुपैयाँमा झरेको छ । जुन अघिल्लो वर्ष १९ अर्ब ९२ करोड ३० लाख रुपैयाँ थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५४.४६ रुपैयाँले घटेको छ । प्रतिसेयर नेटवर्थ १६३२.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात ५७.३४ गुणा र तरलता अनुपात ३.४७ प्रतिशत छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal