Skip to content
Prabhu

व्यवसायमा चमक देखिएको सलिको इन्स्योरेन्सको नाफा ८३ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्षमा व्यवसायमा चमक देखिएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ८३.९५ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले गत आवमा ६० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ३३ करोड १० लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमा शुल्क आर्जन समेत ४३.८३ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा ३ अर्ब २४ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आवको सोहि अवधिका ४ अर्ब ६७ करोड २३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार ६.६८ प्रतिशतले घटेर ६ अर्ब ९० करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको उक्त आकार ७ अर्ब ३९ करोड माथि रहेको छ । त्यस्तै कम्पनीको खुद बीमा शुल्क आर्जन १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १ वर्षमा आफ्नो बीमितहरुलाई २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १७.५१ रुपैयाँबाट बढेर २३.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ ।
२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष सञ्चिति १२.५६ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal