Skip to content
Prabhu

सेयर बजारमा हरियाली, कारोबार रकम २३ अर्ब बढी, ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको बजार आज फेरि दोहोरो अंकले बढेको हो ।

आजका कारोबार बन्द हुँदा सेयर बजार ३४ दशमलव २९ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २९५७ दशमलव ७५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१७ प्रतिशतले बढी हो । आज सेयर बजारमा १५६ कम्पनीको सेयर मूल्य बढ्यो भने ७९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज नेप्सेसँगै अघिल्लो दिनको भन्दा कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिन २१ अर्ब बढीको कारोबार भएको थियो भने आज २३ अर्ब बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३३२ कम्पनीका ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २ लाख ४४ हजार १९ पटक खरिद बिक्री हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३४ अंकले बढेर ५१९ दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ११ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर बन्द भएको छ। आज सेयर बजारमा १३ परिसूचकमध्ये ३ उपसूचकको मूल्य घटेको छ भने बाँकी १० उपसूचकको सेयर मूल्य बढेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal