Skip to content
Prabhu

कुमारी बैंक र नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र नयाँ बानेश्वर, काठमाडौंस्थित नव डर्मा स्किन एड लेजर एस्थेटिक प्रालिबीच कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर– काठमाडौं र कौशलटार–भक्तपुरस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआर ‘क्युआर’ बाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ एकाइमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal