Skip to content
Prabhu

कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता, उच्च ब्याजसहित स्वास्थ्य बिमा उपलब्ध

nabil

 

काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधासहितको परिमार्जित बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ ।

बैंकको न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको छ । उक्त खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउने भएको हो । 

बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले २० हजारसम्मको स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।

बैंकले आफ्ना बचत खाताहरुमा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै जाने विश्वास लिएको छ । दिगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बिमा सुविधा आम मानव जिवनको महत्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन् । कुमारी बैंकले यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्ध गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ । 

न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बीमा सुविधा तथा निःशुल्क डेबिट कार्ड समेत उपलब्ध गराएको ‘कुमारी गज्जब बचत खाता” नेपाली बैंकिङ्ग क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले विश्वास लिएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ एकाइहरुमार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ  ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal