Skip to content
Prabhu

जीवन बीमा कम्पनीको नाफा साढे १३ प्रतिशतले बढ्यो, साढे ५ अर्ब मुनाफा हुँदा कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको खुद नाफा साढे १३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीहरुले जारी गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार १३ जीवन बीमा कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा गत आवमा १३.५३ प्रतिशतले नाफा वृद्धि भएको हो।

१४ वटा जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनीको विवरण सार्वजनिक भएको छैन । बाँकी १३ वटा जीवन बीमा कम्पनीहरुमध्ये ३ वटाको नाफा घटेको छ भने बाँकी १० वटाको नाफा वृद्धि भएको छ । सार्वजनिक भएको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले ५ अर्ब ५७ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुको नाफा ४ अर्ब ९१ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

गत आवको विवरणअनुसार एक वर्षको अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेको शीर्ष स्थानमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ६३ करोड ३८ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको भन्दा २१.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा यो कम्पनीको यस्तो नाफा ५२ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

वर्ष दिनको अवधिमा सर्वाधिक नाफा कमाउने कम्पनीमा हिमालयन लाइफ पहिलो नम्बरमा रहेको छ। कम्पनीले गत आवको असार मसान्तसम्ममा आफ्नो मुनाफा २१.५९ प्रतिशतले बढाएर ६३ करोड ३८ लाख ५८ हजार रुपैयाँ पुराएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीहरुको नाफा ५२ करोड १२ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा सर्वाधिक नाफा बढाउने कम्पनीमा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले गत आवमा अघिल्लो आवको भन्दा २१६.५६ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले गत आवमा ३२ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको नाफा १० करोड २५ लाख रुपैयाँ मात्रै थियो ।

धेरै नाफा कमाउने कम्पनीको दोस्रो नम्बरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीले गत आवमा ५७ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको खुद नाफा ७८ करोड २४ लाख रुपैयाँ रहेको थियो । नाफा आर्जन गर्नेको दोस्रो नम्बरमा रहे पनि कम्पनीको नाफा अघिल्लो वर्षको भन्दा २६.५३ प्रतिशतले घटेको छ । धेरै नाफा कमाउने कम्पनीको तेस्रो नम्बरमा आइएमई लाइफ रहेको छ ।

यो कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिमो भन्दा १४५.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५१ करोड ३९ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको भन्दा ३०.८० प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीको यस्तो नाफा ३९ करोड २९ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा मेट लाइफको नाफा ५० करोड ४१ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो आवको भन्दा ३४.१४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा यो कम्पनीको नाफा ७६ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।

गत आवको अन्त्यसम्मको अवधिमा रिलायबल नेपालको नाफा ४२ करोड ६३ लाख रुपैयाँ पुगेगको छ । यो अघिल्लो आवको भन्दा २७.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा या कम्पनीको नाफा ३३ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।

गत आवको विवरणअनुसार नेसनल लाइफको नाफा पनि उल्लेख्य वृद्धि भएको छ । यो कम्पनीले गत आवमा अघिल्लो आवको भन्दा ६०.९२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा ४० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा २५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३९ करोड ६५ लाख रुपैयाँ खुदा नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यो अघिल्लो आवको भन्दा १४६.०३ प्रतिशतले बढी हो । अघिल्लो आवमा यो कम्पनीको खुद नाफा १६ करोड ११ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै गत आवको विवरणअनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ३६ करोड ६१ लाख पुगेको छ । यो अघिल्लो आवको सोही अवधिमो तुलनामा १०४.४० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा यो कम्पनीको खुद नाफा १७ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै गत आर्थिक वर्षमा सानिमा रिलायन्सको नाफा पनि ५९.९१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा ३५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो कम्पनीले अघिल्लो आवको सोही अवधिमा २१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा एसियन लाइफको खुद नाफा ३२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा ३६.९१ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष यो कम्पनीले २४करोड मुनाफा कमाएको थियो । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार लाइफ इन्स्योरेन्स कर्पोरेसनको खुद नाफामा ६८.३४ प्रतिशतले घटेको छ । यो कम्पनीले अघिल्लो आवमा ७५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीको खुद मुनाफा २३ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal