Skip to content
Prabhu

नेप्से ३ हजार विन्दु माथि, एक घण्टामा ८ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) ३ हजार विन्दु माथि पुगेको छ । बिहीबारको कारोबार जारी रहँदा परिसूचक ३ हजार विन्दु माथि पुगेको हो ।

यो समाचार तयारपार्दासम्म नेप्से ४९ दशमलव २९ अंक बढेर ३००७ दशमलव ०४ विन्दुमा पुगेको छ । त्यस्तै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । यो समाचार तयारपार्दासम्म सेयर बजारमा ८ अर्ब ७८ करोड बढीको कारोबार भएको छ ।

यो समाचार तयारपार्दासम्म सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । यो अवस्थामा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal