Skip to content
Prabhu

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा बिहीबारको कारोबार जारी रहँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारको एक घण्टाको कारोबार समयमा राष्ट्रिय बीमा कम्पनी र मादी इनर्जिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यो समाचार तयार पार्दासम्म राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १ हजार ६९० रुपैयाँले बढेर १८ हजार ५९० रुपैयाँ पुगेको छ भने मोदी इनर्जिको सेयर मूल्य ३१ रुपैयाँले बढेर ३४१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले बढी हो ।

यो सामाचार तयारपार्दासम्म समग्र परिसूचक पनि ४५ दशमलव ७६ अंककले बढेको छ । नेप्से परिसूचकले आज ३ हजार विन्दु पार गरेको छ । यो समाचार तयारपार्दासम्म परिसूचक ३००३ दशमलव ५२ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले धेरै हो । यो अवस्थामा सेयर बजारमा ९ अर्ब ३९ करोड बढीको कारोबार भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal