Skip to content
Prabhu

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण, लागत २ करोड ७१ लाख

बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल २ करोड ७१ लाख २७ हजार ९ सय ६४ रुपैयाँ मा निर्माण भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार नौ सय २६ रुपैयाँको लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकरी दिए ।

चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । ‘ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ,’ विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal