Skip to content
Prabhu

भदौ महिनाको लागि अझै घट्यो निक्षेपको ब्याजदर, निक्षेपमा बढी ब्याजदर दिनेमा एनआईसी एशिया र एनएमबि

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि ब्याजदर अझै घटाएका छन् । सिटिजन्स र प्राइम बैंक बाहेक सबै जसो वाणिज्य बैंकले ब्याजदर घटाएका हुन् ।

भदौ महिनामा एनआईसी एशिया र एनएमबि बैंकले ७.४१ प्रतिशत ब्याज दिने भएका छन्। सबैभन्दा कम ब्याज दिने बैंक भने नेपाल बैंक रहेको छ । नेपाल बैंकले एकवर्षको मुद्दति निक्षेपमा ५.२५ प्रतिशत ब्याजदर दिने छ ।

भदौ महिनामा औसतमा वाणिज्य बैंकको ब्याजदर ६.४९ प्रतिशत छ । साउन महिनामा ६.७२ प्रतिशत थियो ।

वाणिज्य बैंकले ब्याजदर घटाएसँगै आगामी दिनमा कर्जाको ब्याजदर अझै सस्तो हुने देखिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal