Skip to content
Prabhu

एसियन लाइफको ५ लाख ३० हजार कित्ता संस्थाप सेयर बिक्रीमा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २७५ रुपैयाँमा जोकोही व्यक्ति वा संघ–संस्थाले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरीद गर्न इच्छुकले साउन ३२ गतेदेखि भदौ ११ गते अपरान्ह ३ बजेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । सेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा २ लाख कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।

सो सेयर खरीद गर्न इच्छुक लगानीकर्ताले खरीद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडमा बोलपत्र पेस गर्नुपर्ने छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal