Skip to content
Prabhu

जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जनमा वृद्धि, कुन कम्पनीले कति बीमा शुल्क आर्जन गरे ?

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले खुद बीमा शुल्क सामान्य वृद्धि भएको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको गत आवको विवरणअनुसार अघिल्लो आवको भन्दा करिब १४ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढेको हो । १४ वटा जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको भन्दा गत आवमा १३.९७ प्रतिशतल खुद बीमा शुल्क वृद्धि गरेका छन्।

विवरण अनुसार सबै जीवन बीमा कम्पनीहरुले गत आवमा अघिल्लो आवको भन्दा त्यस्तै शुल्क वृद्धि गराएका छन् । विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले गत आवमा १ खर्ब ५२ करोड ४३ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले १ खर्ब ३३ अर्ब ७४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए ।

सबैजसो सूचकमा अग्रस्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स खुद बीमा शुल्क आर्जनको मामलामा पनि अग्रस्थानमा नै रहेको छ । नेपाल लाइफले गत आर्थिक वर्षको अन्त्यसम्ममा खुद नाफामा ९.८६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । अघिल्लो आवमा ३६ अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले गत आवमा ४० अर्ब ११ करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ ।

गत आवमा नेशनल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.९९ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै यो अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पनि १८ अर्ब ६ करोड भन्दा बढी खुद बीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो आवको भन्दा ३.८८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा यो कम्पनीले यस्तो शुल्क १७ अर्ब ३८ करोड रुपैयाँ संकलन गरेको थियो ।

विवरणअनुसार गत आर्थिक वर्षमा हिमालयन लाइफको खुद बीमा शूल्क आर्जन ११.०९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीले गत आर्थिक वर्षमा १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले १४ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै यो अवधिमा सूर्यज्योति लाइफको यस्तो शुल्क २७.४७ प्रतिशतले बढेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ७ अर्ब १४ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो भने गत आवमा ९ अर्ब १० करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै यो अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि सामान्य बढेको छ । सरकारी स्वामित्वको यो कम्पनीले अघिल्लो आवको भन्दा गत आवमा ६.३७ प्रतिशतले खुद बीमा शुल्क आर्जन वृद्धि गरेको छ । यो कम्पनीले अघिल्लो आवमा ८ अर्ब ४९ करोड रुपैयाँ भन्दा बढीको खुद बीमा शुल्क आर्जन गरेको थियो भने गत आवको अन्तिमसम्ममा ९ अर्ब ४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

यी कम्पनी बाहेक अरु कम्पनीको खुद बीमा शुल्क ९ अर्ब भन्दा कम नै हरेको छ । गत आवमा एशियन लाइफ इन्स्योरेन्सले ७ अर्ब ८४ करोड बढीको खुद बीमा शुल्क आर्जन गरेको देखिन्छ । यो अघिल्लो आवको भन्दा १४.७४ प्रतिशतले बढी हो । अघिल्लो आवमा यो कम्पनीको खुद बीमा शुल्क आर्जन ६ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै गत आवमा सानिमा रिलायन्स लाइफले ५ अर्ब ८६ करोड रुपैयाँको खुद बीमा शुल्क आर्जन गरेको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षमा यसतो शुल्क ३ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । कम्पनीले गत आवमा अघिल्लो आवको तुलनामा ७४.६२ प्रतिशतले बढी हो ।

गत आवमा सिटिजन लाइफले अघिल्लो आवको भन्दा ६.५६ प्रतिशतले यस्तो शुल्कमा वृद्धि गरेको छ । यो कम्पनीले अघिल्लो आवको अन्तिमसम्मा ५ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेको थियो भने गत आवको अन्तिमसम्ममा ५ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै अघिल्लो आवमा ५ अर्ब ४ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको मेट लाइफले गत आवमा ५ अर्ब ४५ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । यो अघिल्लो आवको भन्दा ८.०९ प्रतिशतले धेरै हो ।

गत आवमा आइएमई लाइफले ४ अर्ब ५२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा १४.४३ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ९५ करोड बराबरको यस्तो शुल्क आर्जन गरेको थियो ।

यो अवधिमा प्रभु महालक्ष्मी लाइफले ४ अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको भन्दा १२२.४० प्रतिशतले धेरै हो । यो कम्पनीको यस्तो शुल्क आर्जन अघिल्लो आवमा १ अर्ब ९० करोड मात्रै रहेको थियो ।

त्यस्तै यो अवधिमा रिलायबल नेपालको खुद बीमा शुल्क आर्जन ३ अर्ब ८९ करोड रहेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा ९.१७ प्रतिशतले धेरै हो । अघिल्लो आवसम्ममा कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षमा सबैभन्दा कम खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

यो कम्पनीले गत आवमा ३ अर्ब ४५ करोड बढीको खुद बीमा शुल्क संकलन गर्न सफल भएको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा १५.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको अन्तिमसम्ममा यो कम्पनीको यस्तो शुल्क संकलन २ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।

गत आवको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आर्जनमा वृद्धि गर्ने कम्पनीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स सबैभन्दा अग्र स्थानमा रहेको छ । सबैभन्दा कम वृद्धि लाइफ इन्स्योरेन्स कर्पोरेसनको रहेको छ । प्रभु महालक्ष्मीले १२२ प्रतिशले यस्तो शुल्क संकलन वृद्धि गर्न सफल भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसनको जम्मा ३.८८ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal